मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरभित्रका विरामीलाई मध्यनजगर गर्दै बुद्धभूमिले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । यसभन्दा अगाडी नगरका १० ओटै वडामा प्रयाप्त एम्बुलेन्स सेवा थिएन । त्यसैलाई मध्यनजर गरी चालु आवमा छुट्टाइएको बजेटले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो ।
एम्बुलेन्स गोरुसिंगे स्थित सर्पदशं उपचार केन्द्रमा राखिने छ । यहाँबाट नगरबासीले विरामी भएको बेला प्रयोग गर्न सक्नेछन । १२ लाख बजेटमा एम्बुलेन्स खरिद गरिएको मेयर श्रेष्ठले बताउनुभयो । एम्बुलेन्स भएकोले भन्सारमा तिर्नुपर्ने कुनै शुल्क नलागेको उहाँले बताउन्ुभयो ।
एम्बुलेन्स खरिद संगै नगरपालिकाले सञ्चालनका लागि कार्यविधि बनाएको छ । नगर कार्यपालिकाबाट उक्त कार्यविधि पास भैसकेको छ । कार्यविधिले एम्बुलेन्स सञ्चालनका लागि नगरका मेयर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । जसको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ का वडा अध्यक्ष, २ का वडा अध्यक्ष, ४ का वडा अध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख र सर्पदशं उपचार केन्द्रका अध्यक्ष रहनुभएको छ । यहि समितले एम्बुलेन्स सञ्चालन गर्ने छ ।
नगरपालिकाले सञ्चालन गर्ने एम्बुलेन्सको भाडादर अरुको भन्दा झण्डै आधा छ । साथै सुत्केरी महिलालाई एम्बुलेन्स सेवा निशुल्क प्रयोगको व्यवस्था गरिएको छ । जिल्ला भित्रका कुनै पनि वर्थिङ सेन्टरमा सुत्केरी महिलाई निशुल्क रुपमा जान पाउनेछन । यस्तै एम्बुलेन्सको तराई र पहाडमा किलोमिटरको हिसाबले कायम गरिएको छ ।
पहाडी क्षेत्रमा प्रति किलोमिटर ४० रुपैया लाग्ने छ भने तराई क्षेत्रमा प्रति किलोमिटर ३५ रुपैया लाग्ने नगरपालिकाले जनाएको छ । एम्बुलेन्सको विहीबार एक कार्यक्रमका बीच पूजाआजा गरी विधिवत रुपमा सञ्चालन गरिएको छ । बुड्ढी स्थित झडुला माई मन्दिरमा पूजाआजा गरि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।
पूजाआजा पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नगर प्रमुख श्रेष्ठले नगरका जनतालाई सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
प्रतिक्रिया