१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

२०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्यः मन्त्री चौधरी



बुटवल ।
प्रदेश नं ५ का भौतिक पुर्वधार तथा विकास मन्त्री बैजनाथ चौधरीले ०७६ सालमै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताउनुभएको छ । राजधानी र नामाकरणका लागि गठित समितिले अन्तिम प्रतिबेदन तयार पार्न लागेको बताउँदै अबको सभामा उक्त विषयले प्रबेश पाउने बताउनुभयो ।
आज रुपन्देही व्यापार संघले आयोजना गरेको नव बर्षको उपलब्यमा शुभकामना आद्रान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका सभामा राजधानीको विषय टुंगिने बताउनुभयो ।
राजधानीका विषयमा मुख्यमन्त्रीले बाहिर नबोल्न भनेपनि आफ्नो अभिमत बुटवलमा भएको उहाले प्रष्ट पार्नुभयो । सडक परिसरलाई प्रदेशको मुख्यालय बनाउने भनेपनि नामाकरण र राजधानीको टुंगो लगाउँदा सम्म जग्गा प्राप्ती नभएको भन्दै नामाकरण र राजधानी जसरी पनि टुंगाउनुपर्ने उहाले बताउनुभयो ।
प्रदेश सरकारका प्रबक्ता समेत रहेका चौधरीले फरक प्रसंगमा तराईका उद्योगी व्यवसायीले अब पहाडमा लगानीका क्षेत्र खोज्ने दिन आएको बताउनुभयो । समृद्धिका प्रमुख आधार कृषि, पर्यटन उद्योग रहेको भन्दै अब लगानी पहाडमा गएर गर्नुपर्ने उहाले बताउनुभयो । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि आउने पर्यटकलाई राख्न समेत उद्योगीले विभिन्न पर्यटनमुलक व्यवसायलाई प्राथमिकता दिनुपर्ने उहाको भनाई थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  १२ : ११ बजे