महोत्तरी ।
जंगली जनावर बँदेलको आक्रमणमाबाट महोत्तरीमा ९ जना घाइते भएका छन् । बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा बँदलेको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् भने ६ जना समान्य घाइते भएका छन् ।
बँदेलको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ । त्यस्तै सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिनुभयो ।
बिहीबार बिहान गाँउमा आएको बँदेलले स्थानीय रबिन्द्र महतोले चलाउँदै गरेको ज ८ प ८७८२ नम्बरको मोटरसाइकलमा र ज १ ह ४५८० नम्वरको अटो रिक्सामा धक्का दिएको थियो । बँदेलले आक्रमण गर्ने क्रममा पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बलले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयहरुले सुरक्षा वेशमा ढुङ्गामुढा गरेका थिए ।
२८ चैत्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया