कपिलवस्तु ।
नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य सहित ३ जना कार्यकर्ताले पार्टि परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय गोरुसिंगेमा पत्रकार सम्मेलन मार्फत विज्ञप्ती जारी गदैं विप्लव नेतृत्वको नेकपा माओवादी परित्याग गरेको घोषणा गरेका छन् ।
त्यसरी पार्टी परित्याग गर्नेमा शितगंगा नगरपालीका ११ अर्घाखाँचीका जिल्ला सदस्य देवेन्द्र रेश्मी, बुद्धभुमी नगरपालीका १ कपिलवस्तुका हरेराम थारु, बुद्धभुमी नगरपालीका ८ का सन्तराम पासी रहेका छन् । विप्लव माओवादीमा महासचिव नेत्रविक्रम चन्दको प्रभाव क्षेत्र मानिने कपिलवस्तुमा यसअगी पनि प्रहरीले हतियार सहित उसका २ जना कार्यकर्ता नियन्त्रणमा लिएको थियो । सरकारले पछिल्लो समय विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिमा पुर्ण रोक लगाउने निर्णय पछि कतिपय कार्यकर्ता पक्राउ पछि उक्त पार्टि छाडेको षोषणा गर्न थालेका छन् ।
२८ चैत्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया