काडमाडौं ।
नेपाल कम्युनिष्ट पार्टि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहकार्यका साथ अघि बढ्न नेपाली कांगेसलाई आग्रह गरेका छन् । चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै बिहीबार प्रचण्डले सहमतिको विकल्प नभएकाले सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका हुन्।
विगतमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माण पनि सहमतिबाटै सम्पन्न भएकाले अब पनि सहकार्यको विकल्प नभएको प्रचण्डको जिकिर छ। पूर्वप्रधानमन्त्री समेत हरेका प्रचण्डले राजनीतिक परिवर्तनमा भएको सहकार्य अब मुलुकको समृद्धिका लागी अनिवार्य रहेकोमा जोड दिएका छन् ।
अध्यक्ष प्र्रचण्डले सत्तापक्ष र प्रतिपक्षी नभनि सहकार्य गर्नेहो भने समृद्धिको समना पुरा हुन धेरै समय नलाग्ने बताए। संविधान निर्माणपछि समृद्धिको यात्रा तयभईसकेकाले आगामि १० वर्षमा मुलुकले धेरै कोल्टे फेर्ने उनको भनाइ छ ।
प्रचण्डले निर्वाचनपछिको छोटो समयमा कानुन निर्माण लगायत दिर्घकालीन कामहरु भएकाले समृद्धिको गतिले अब तिब्रता लिने विश्वास व्यक्त गरे । सरकार, प्रतिपक्षी दल लगायत सवै राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न सरोकारपक्षविचको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने उनको भनाई थियो।
चितवनबाट प्रतिनिधि सभा सांसद रहेका प्रचण्डले निजि क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलुकको आर्थिक विकासले फड्को मार्ने बताए। उनले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला लगायत विभिन्न किसिमका रेकर्डहरु बन्दैगएको अवस्थामा मनोरञ्जनका लागी पनि देशकै ठुलो फनपार्क बनेर अर्को रेकर्ड कायम भएको बताए।
२८ चैत्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया