सिन्धुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गर्दै कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ प्रतिवादीलाई सार्वजनिक गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका बस्ने ४१ वर्षका नवराज थापा गएको असोज २० गते सम्पर्क्विहीन भएका थिए । त्यसपछि उनको खोजतलास गर्दै जाँदा गएको पुस २९ गते मेलम्ची वडा ९ बसेउरास्थित ऐँसेलु घारीमा शव भेटिएको थियोे ।
घटना शंकास्पद देखिएको र कसैले मारेर फालेको हुनसक्ने भन्दै मृतकका बाबु ककरबहादुर थापाले पीडकलाई खोजी गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै जाहेरी दिएका थिए । त्यसलगतै जिल्ला प्रहरी कार्यालयको मातहतमा इलाका प्रहरी कार्यालय मेलम्चीले प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
२८ चैत्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया