१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जिप सडकबाट सय मिटर तल खस्यो, पूर्व सासंदसहित दुईजनाको मृत्युु



बुटवल ।
गुल्मीमा आज विहानै भएको जिप दुर्घटनामा पूर्व सासंदसहित दुईजनाको मृत्युु भएको छ ।
जिप दुर्घटनामा धुर्कोट गाउँपालिका–५ निवासी पूर्व सासंद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।

पूर्वसांसद भण्डारी २०४८ मा गुल्मी–४ बाट सांसद हुनुभएको थियो । मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि मालिका गाउँपालिका–१ का रोशन बिकको पनि मृत्युु भएको छ ।

बिहीबार बिहान मालिका गाउँपालिकाबाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । जिप सडकबाट एक सय मिटरभन्दा तल खसेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ४ : ४३ बजे