१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१७ औँ लोकसभा निर्वाचनमा चुनाव सुरु, ९१ स्थानमा मतदान हुँदै, कसले बाजी मार्ला ?



भागलपुर (बिहार) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता नरेन्द्र मोदीको मुख्यरुपमा ‘राष्ट्रिय सुरक्षा’ को उल्लेख्यता र प्रमुख प्रतिपक्षी भारतीय कांग्रेसले नेतृत्व गरेको संयुक्त प्रगतिशील गठबन्धनको ‘बदलाव’ या परिवर्तनको नारा र एकअर्का विरुद्धको कटाक्षसहित १७ औँ लोकसभा निर्वाचनमा बिहीबार ९१ स्थानमा मतदान सुरु भएको छ ।

प्राप्त सूचना अनुसार बिहान सात बजेदेखि नै २० राज्यका ९१ क्षेत्रमा मतदान प्रक्रियामा सहभागी हुन मतदाता पंक्तिवद्ध भएका छन् । झण्डै सम्पूर्ण ९० करोड मतदाताको १० प्रतिशत या ८८ लाख भन्दा बढि पहिलो चरणको मतदानमा सहभागी हुन योग्य छन् ।

यता मतदान र उता बाँकी ६ चरमा मतदान हुन बाँकी क्षेत्रमा दुई प्रमुख प्रत्यासी गठबन्धन भाजपा नेतृत्वको एनडिए र कांग्रेस नेतृत्वको युपिए आ–आफ्ना गठबन्धन दलसहित एकअर्का विरुद्ध खनिएका छन् ।

कांग्रेसका मुख्य प्रचारक तथा पार्टी अध्यक्ष राहुल गान्धीले ‘परिवर्तन’ को बेला आइसकेको र मोदीको निरन्तरताले देशमा ‘भ्रष्टाचार’ र ‘लूट’ बढ्ने भन्दै स्वच्छ शासनका लागि आफ्नो सरकार हुनु पर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री मोदीलाई व्यंग्यात्मक रुपमा ‘चौकिदार’ भन्दै चौकिदारले राष्ट्रिय सम्मान र सुरक्षाका विषयमा सम्झौता गरेको आरोपका साथ ‘चौकिदार चोर है’ को नारा लगाउन भिडलाई प्रोत्साहित गर्दै आएका छन् । फ्रान्ससँग भएको ‘रफायल’ लडाकु विमान खरिद सम्झौता भारतीय सुरक्षा निकायका लागि भन्दा उद्योगपति अनिल अम्बानीलाई फाइदा पु¥याउन अपारदर्शी रुपमा भएको आरोप पनि उनले लगाएका छन् ।

यसैबिच सर्वोच्च अदालतले ‘डील’ सम्बन्धी कागज र दस्तावेजहरु सम्वेदनशील तथा सरकारकै निगरानीमा रहनु पर्ने भन्दै लिएको अडानलाई अस्वीकार गरि मुद्धा अगाडि बढाउने निर्णय गरेपछि प्रथम चरणको निर्वाचनको पूर्व सन्ध्यामा प्रतिपक्षी कांग्रेसको चुनावी फूर्ति ताजा रुपमा सञ्चालित भएको देखिन्छ ।

उता मोदी र उनका सहयोगहरु मुख्य रुपमा भारतलाई सुरक्षित बनाउने मात्र हैन विश्वकै शक्तिशाली मुलुकका रुपमा स्थापित गर्न एनडिएको निरन्तरताको वकालत गरिरहेका छन् मुख्यरुपमा ।

कांग्रेस भित्रको ‘वंशवाद’ इन्दिरा–नेहरु परिवारको वर्चश्व तथा पारिवारवाद विरुद्धको ‘तीर’ का रुपमा भाजपा तथा उसका सहयोगीहरुले प्रयोग गरिरहेका छन् ।

बिडम्बना, कांग्रेसले भ्रष्टाचार विरुद्धको अभियान चलाए पनि उसको सहयोगी दल राष्ट्रिय जनता दलका संस्थापक नेता लालुप्रसाद यादव भ्रष्टाचार मुद्धामा दोषी ठहर भई जेलमा नै छन् र जमानतमा बाहिर आउन उनले दिएको दरखास्तलाई अदालतले अस्वीकार गरेको छ ।

राजनीतिक दलहरुका अनुयायी भन्दा जातीय समिकरण बढि निर्णायक देखिएको यो चुनावी मैदानमा झण्डै १४ प्रतिशत मुसलमानहरुले कसरी मत देलान्, त्यो पनि महत्वपूर्ण पक्ष देखिन्छ ।

पारम्पारिक रुपमा मुसलमान भाजपा विरोधी भए पनि भाजपाले बिहारका मुख्यमन्त्री तथा एनडिए नेताका रुपमा मुसलमान समुदाय भित्र समर्थन आकर्षित गरेको देख्न सकिन्छ, खासगरि नेपाल–बंगलादेश सीमाका अररीया, किशनगञ्ज, कटिहार, पूर्णिया लगाय मुस्लिम ठूलो संख्यामा रहेको क्षेत्रमा । बिहीबारका ९१ क्षेत्र मध्ये आन्ध्रप्रदेश, तेलंगना र उत्तराखण्डका सबै स्थानमा निर्वाचन सम्पन हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ४ : ३५ बजे