१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मेघ गर्जनसहित पानी पर्ने सम्भावना



काठमाडौँ – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा अपराहन्न तिर मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहानै देखिएको बादल केही हटे पनि दिनभरि नै बदली र केही खुलेको जस्तो हुने बताइएको छ ।

पानी ठूलो नपरे पनि केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ४ : ०६ बजे