एजेन्सी,
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा मुम्बईले किंग्स इलाभेन पञ्जाबलाई तीन विकेटले हराएको हो ।
१९८ रनको लक्ष्य मुम्बईले सात विकेटको क्षतिमा भेट्टाएको हो । मुम्बईको जितमा कप्तान किरेन पोलार्डको भूमिका महत्वपूर्ण रह्यो । पोलार्डले ३१ बलमा १० छक्का र तीन चौकाको सहयोगमा ८३ रन बनाए ।
यस्तै क्वीन्टन डी ककले २३ बलमा २४ तथा सूर्यकुमार यादवले १५ बलमा २१ रनको योगदान दिए । पञ्जाबका मोहम्मद शामीले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले चार विकेटको क्षतिमा १९७ रन बनाएको थियो । उसका लागि केएल राहुलले नटआउट शतकीय पारी खेले ।
उनले ६४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । यस्तै क्रिस गेलले ३६ बलमा तीन चौका र सात छक्काको सहयोगमा ६३ रन बनाए ।
१२ औँ ओभरसम्म मात्रै ९४ रनमा चार विकेट गुमाएको मुम्बईका लागि पोलार्डले जादुयी ब्याटिङ्गले जित सम्भव बनायो ।
प्रतिक्रिया