१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरकारी जग्गा हिनामिनामा आफ्नो नाम जोडिएको प्रति नेकपाका महासचिव पौडेलद्धारा खण्डन



काठमाण्डौ ।
प्रधानमन्त्री कार्यालयको जग्गा व्यक्तिको नाममा पास भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा भ्रम सिर्जना गर्नेगरी आफ्नो नाम जोडिएकोप्रति नेकपाका महासचिव विष्णु पौडेलले खण्डन गर्नुभएको छ ।
आफूले कानुनबमोजिम दस्तुर बुझाएर मालपोत कार्यालयबाट खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन पास गरी किनेकोले सञ्चारमाध्यममा आएका समाचारका आधारमा भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  १० : ४४ बजे