१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रतिबन्धित औषधिसहित फेरि दुई पक्राउ



झापा ।
नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका औषधि दक्षिणी झापाका सीमावर्ती नाकाबाट भित्राउने क्रम अझै रोकिएको छैन। केही दिनअघि नेपाल प्रहरीले करिब २२ लाख रुपैयाँ बराबरको यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वे्दिक र एलोपेथिक औषधिसहित चार जनालाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै सशस्त्र प्रहरीले करिब एक लाखको एलोपेथिक औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाबाट खटिएका सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका ४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका ५ बस्ने ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवालले जानकारी दिए।
उनका अनुसार मे १० प १३३९ नम्बरको मोटरसाइकलमा सवार दुवै जना भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा कचनकवल(३ बगानस्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर १२२ बाट १०० मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँचको क्रममा औषधिसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए । औषधिको मूल्य एक लाख बढीको रहेको छ। ट्रामाडोल औषधि शरीरको दुखाई कम गर्न प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  १० : ३३ बजे