बाँके ।
८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले विजयी सुरुवात गरेको छ । बुधबार भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ३ लाई ५ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
प्रदेश नम्बर २ का खेलाडी मनोज शाहले २४ औं मिनेटमा पहिलो गोल गरे । खेलको ३८ औँ मिनेटमा २ नम्बर गोविन्द अधिकारीले दोस्रो गोल गरे । त्यस्तै खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नम्बर प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
निरन्तर दबाबमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । तेस्रो खेल दिउँसो ४ बजे प्रदेश नम्बर ५ र प्रदेश १ बीच हुनेछ ।
यसअघि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । गण्डकीका प्रशिक्षक राजेन्द्र पाठकले आर्मीलाई बराबरीमा रोक्नु भनेको फाइनल जित्नु नै भएको बताउनुभयो ।
२७ चैत्र २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया