१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रहरी परिचालन गरेर वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुलाइयो



काठमाण्डौ ।
समायोजन गर्दा चिकित्सकमाथि विभेद भएको भन्दै हड्तालमा उत्रिएका सरकारी चिकित्सकको आन्दोलनका कारण ६ दिनदेखि ठप्प बनेका सरकारी अस्पतालहरुको सेवा सुचारु गर्न सरकारले प्रहरी परिचालन गरेको छ ।
हड्तालको सबैभन्दा बढी असर परेको वीर अस्पतालमा विहानै प्रहरी पुगेर धर्नामा रहेका चिकित्सकलाई हटाएर काउन्टर खोलाएको छ । काउन्टर खुलाएर धमाधम टिकट काटिएपनि सरकारी चिकित्सकले बिरामी नजाच्ने अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।
उनले धर्ना हटाउने नाममा प्रहरीले चिकित्सकमाथि अभद्र व्यवहार गरेको समेत बताए । उनले सरकार वार्ता भन्दा दमनमा ओर्लिएको समेत आरोप पाण्डेले लगाए । वीरमा सरकारीबाहेक आधाभन्दा बढी प्रतिष्ठान अन्तर्गतका चिकित्सक कार्यरत रहेकोले सेवा सुचारु हुने आशा प्रशासनको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  ७ : ०२ बजे