मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले विप्लवका गतिविधी माथि प्रतिबन्ध लगाएसंगै देशका विभिन्न स्थानबाट विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । विप्लवका विभिन्न गतिविधीमा संलग्नलाई प्रहरीले खोज्दै पक्राउ गरेको हो । यस्तै कपिलवस्तुबाट पनि प्रहरीले विप्लवलाई खोजी गरि पक्राउ गरेको छ । प्रहरीले विप्लवका कार्यकर्तालाई धमाधम पक्राउ गरे संगै उक्त पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यस्तै कपिलवस्तुको मायादेवी गाउपालिका निवासी विष्णु पाण्डेले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार एक प्रेश विज्ञप्ती जारी गर्दै पाण्डेले नेकपा विप्लवको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । आफुले इमान्दारीताका साथ पार्टीको जिम्मेवारी निभाए पनि पार्टीले आफुलाई निर्वाचनमा कारवाही स्वरुप पार्टीबाट निष्कासन गरेको उनको आरोप छ । उनले विज्ञप्तीमा भनेका छन् ‘ नेकपा विप्लव समुह प्रती इमान्दारी पूर्वक पार्टीको जिम्मेवारी निवार्ह गर्दागर्दै पनि मलाई पार्टी विरोधी भनी विगतको निर्वाचनमा पार्टीले कारवाही स्वरुप निष्कासन गर्यो हाल तर्दथ बस्दै आएकोमा कुनैपनि राजनीतिक पार्टीको सदस्य समेत नरहने गरी सामान्य नागरिकको जीवन यापन गर्दछु ’ जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती हेर्नुस..
२७ चैत्र २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया