१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आज देखि मौसममा क्रमिक सुधार हुने



काठमाडौँ ।

झण्डै एक सातादेखि बदली रहेको मौसममा आजदेखि केही सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद गंगा नगरकोटीले सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको जानकारी दिइन् ।

उनले देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने बताइन् । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद नगरकोटीले जानकारी दिइन् । हावाहुरीको सम्भावना भने आज नरहेको उनको भनाई छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  ४ : ०५ बजे