चारनम्बर कपिलवस्तु ।
नयाँ वर्षको अवसर पारेर यमाहा कम्पनीले ग्राहकलाई नयाँ अफर सहितको विशेष आकर्षक योजना ल्याएको छ । यमाहा कम्पनीका मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई नयाँवर्षको अवसरमा सुनौलो २०७६ नामक योजनाको श्रृंखला शुरु गरेको हो । सुनौलो योजना अन्तरगत दोश्रो हप्तामा मोटरसाइकल खरिदकर्ताहरु मध्येबाट १ जनालाई सुनको सिक्का दिदै आएको छ । योजना अन्तरगत यमाहाको आधिकारिक विक्रेता जयमनकामना मोटरसाइकल वक्र्समा आइतबार खोलिएको लक्की ड्रमा वाणगंगा ४ का युवराज मल्लले लक्की मार्फत ५ ग्रामको सुनको सिक्का हात पारेका छन् । युवराज मल्लले यमाहा कम्पनीको एफ जेड एस बाइक खरिद गरेका थिए । गत हप्ताको लक्की ड्रमा महेन्द्रकोटका नारायण प्रसाद भुसालले सुनको सिक्का हात पारेका थिए । कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, प्रोप्राइटर डम्मरदेव पाठक, ग्राहकवर्ग तथा पत्रकारको रोहबरमा सुनौलो योजना खोलिएको थियो । गतसाता जयमनकामनाबाट १४ जना ग्राहकबाट सहभागी लक्की ड्रमा यमाहाको सोलुटो बाइक खरिदकर्ता नारायण प्रसाद भुसालले सुनको सिक्का प्राप्त गरेका थिए भने यसपटक १० वटा मोटरसाईकल विक्री गरिएको ग्राहकमध्ये बाट मल्लले जित हात पारेको डिलरका प्रोप्राइटर डम्मरदेव पाठकले बताउनुभयो ।
जयमनकामना सहितका देशैभरका डिलरबाट ७ सय जनालाई सुनको सिक्का परेको छ । नयाँ वर्षको योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र मार्फत (सुनको सिक्का) प्रदान गर्नेछ । लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्ने आधिकारीक विक्रेता जयमनकामना मोटरसाईकल वक्र्स चारनम्बर कपिलवस्तुले जनाएको छ । यमाहाले नयाँ अफर राखेर ग्राहकको मन जित्दै गएको समेत खरिदकर्ताले बताएका छन् ।
२७ चैत्र २०७५ बुधबार ००:००
6
Shares
प्रतिक्रिया