१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आईपीएलः चेन्नईले कोलकत्तालाई हरायो



एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २३ खेलमा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार चेन्नईको घरेलु मैदान एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले कोलकत्तालाई ७ विकेटले पराजित गरेको हो ।
कोलकत्ताले दिएको १०९ रनको लक्ष्य चेन्नईले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
चेन्नईका लागि फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए । सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादबले अविजित ८ रन जोडे ।
कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो ।
चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए ।
यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए । कोलकत्ताका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २र२ विकेट लिए ।
कोलकत्तालाई हराएसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नई लिगमा पाँचौं जितसँगै १० अंक जोडेको छ । त्यस्तै पराजित कोलकत्ता ६ खेलमा चार खेल जितेर ८ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  १२ : २२ बजे