शिवलाल सुवेदी, गुल्मी ।
मञ्चमा जव राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा उपस्थित भए । मञ्चमा देखिने वित्तिकै त्यतिबेला दर्शकदीर्घाबाट ताली र सिट्ठी बज्न शुरु भयो । ताली र सिठ्ठी सगै दर्शकहरुले सालको पातको टपरी हुनी हे वरै नहुनी सल्लैको, तिम्रो मायाँ कति छ कति हे वरै नलाऔ पछि हल्लैको भन्दै हल्ला र ताली पिटन थाले ।
दर्शकहरुको हल्ला र तालीले राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माले आयोजकलाई सम्झन समेत राम्ररी पाएनन । पछिल्लो समय सालको पात टपरी हुने गीतलाई अत्यधिक मन पराएको गितलाई दर्शकको ताली र हल्ला बढी पाएपछि गायक कुलेन्द्र विश्वकर्मा अझ उत्साहित भए । स्टेजमा देखिएवाट नै दर्शकहरुले सालको पात टपरी हुनी भन्दै चिच्चाउन थालेपछि उनलाई गित गाउन दर्शकहरुको ठुलै दवाव प¥यो ।
प्रथम गुल्मी सांस्कृतीक तथा पर्यटन महोत्सवको सातौ दिन कुलेन्द्र विश्वकर्माले पनि दर्शकहरुको माग अनुसार आधा दर्जन पटकभन्दा बढी सालकै पात गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न वाध्य भए । यसरी एकपछि अर्का गर्दै गायक विश्वकर्माले दर्शकलाई गीत गाउँदै आफै नाचेर समेत मनोरञ्जन दिए ।
गुल्मीको सदरमुकाम तम्घासमा जारी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सवमा कुलेन्द्रले जुन गित प्रस्तुत गर्दा उत्साहित भएर दर्शकहरु समेत आफ्नो ठाउँबाट उठेर नाच्न पछि परेनन् । महोत्सवको सातौ दिन कार्यक्रममा अरू कलाकार पनि थिए । तर कुलेन्द्र विश्वकर्माले प्रस्तुत गरेका गीतमा दर्शक लट्ठीएर चाच्दै हल्ला गरेर रमाएका थिए । गायक विश्वकर्माले आधा दर्जन पटकभन्दा बढी सालकको पातको टपरी हुनीसगै डाडै फुर्के सल्लो, नजाउ है सानु पधेरीमा, रुमाल हल्लाई हल्लाई, लाउछ माया लगायतका करिव दजनौ लोक दोहोरी गीत गाएर दर्शकहरुलाई नचाएका थिए ।
गायक विश्वकर्माले आफ्ना चर्चीत गीतहरु गाउँदै दर्शक माझ नै और्लीएपछी युवायुवतीहरु तालीसगै उनीसगै नाचेका थिए । महोत्सवमा मगंलवारसम्म करिव ३० हजारभन्दा वढी दर्शकहरुले मेला अवलोकन गरेको आयोजकले अनुमान गरेको छ । चैत्र ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा मेला अवधिभर विभिन्न राष्ट्रिय लोक तथा दोहोरी गायक, आधुनिक तथा हास्य कलाकारहरुको प्रस्तुती रहने छ ।
गुल्मी चेम्बर अफ कर्मसको आयोजनामा सदरमुकाम तम्घासको चिदिचौरमा सञ्चालन भएको महोत्सवमा विभिन्न क्षेत्रसंग सम्वन्धीत सयौ स्टलहरु रहेको छ भने महोत्सवमा स्थानीय उत्पादनलाई विशेष महत्व दिइएको महोत्सव मुल आयोजक समितीका संयोजक युवराज न्यौपानेले जानकारी दिए । महोत्सवमा जिल्लाका १२ वटै स्थानीय तहका उत्पादन संगै पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत स्टल राखिएको छ ।
२६ चैत्र २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया