मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा संचालित राष्ट्रपति रनिङ शिल्डको उपाधि यस बर्ष हेमराज मावि हथौसाले हात पारेको छ । बाणगंगा २ पिपरामा रहेको जनता माविको मैदानमा ४ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका बिभिन्न स्कूललाई पछि पार्दै हेमराज प्रथम भएको हो ।
एथलेटिक्स, कबड्डी, भलिवल लगायतका ३० वटा खेलको समग्र नतिजामा हेमराजले सबैभ्न्दा धेरै अंक प्राप्त गर्यो । प्रतियोगितामा बाणगंगा मावि गजेहडा द्धितीय र महेन्द्र मावि कोपवा तृतीय भए । विजयी सबैलाई प्रमुख अतिथि बाणगंगा नगरका मेयर मंगल प्रसाद थारु र उपप्रमुख चक्रपाणी अर्यालले पुरस्कृत गर्नुभएको थियो ।
प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गरेको खेलमा जिल्लाका करिब १३ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए भने मंगलबार १२ सय विद्यार्थी पुरस्कृत भएका छन् । विजयी सबैलाई नगरका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनी, बाणगंगा नगर प्रमुख खिम बहादुर जिसी, श्रोत व्यक्ति, कविराज पौडेल, जनता माविका प्राचार्य रमेश पन्थी लगायतले मेडल र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो ।
२६ चैत्र २०७५ मंगलबार ००:००
20
Shares
प्रतिक्रिया