१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आठौं राष्ट्रिय खेलकुदः कपिलवस्तुमा बुधबार कुस्ती प्रतियोगीता हुँदै



काठमाडौं ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व्निर्धा्रित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती प्रतियोगीता हुँदै छ । बुधबार साँझ ४ बजे देखि हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगीता राती १० बजे सम्म हुने छ । प्रतियोगीताका लागि खेलाडीहरु कपिलवस्तु आईपुगेका छन् ।
यस्तै दाङको घोराही कभर्डहलमा टेबलटेनिस, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।
उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटन पूर्व सकिने छ ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ३ : ३९ बजे