९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पिपरामा अवस्थित हिलवर्टको नतिजा प्रकाशन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगगा–२ पिपरास्थित हिलवर्ट इङ्लिस बोर्डिङ स्कूलले मंगलबार अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सभाहलमा भएको कार्यक्रममा मंगलबार प्ले ग्रुपदेखि १ कक्षा सम्मका विद्यार्थीको नतिजा प्रकाशन गरी पुरस्कृत गरियो भने विद्यालयले गरेका बर्षभरीका क्रियाकलापका बारेमा अभिभावलाई जानकारी पनि गराइएको छ ।
सेक्सन र कक्षागत होल फस्ट, सकेण्ड, थर्ड हुने विद्यार्थीको साथै बर्षभरीका अनुशासित, पुरा हाजिरी भएका, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई मेडल, कप र प्रमाणपत्रले विभूषित गरिएको थियो ।
विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलको अध्यक्षता, बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्य, नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी र श्रोत व्यक्ति कविराज पौडेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल सुरेन्द्र पाण्डेले विद्यालयका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयले जिल्लामै पहिलोपटक अहिले निरन्तर विद्यार्थी मूल्याङकन कास प्रणाली र एस क्यू सी पद्धतीमा शिक्षण सिकाई क्रियाकलाप गरिरहेको छ । उहाँले भावी दिनमा विद्यालयले एक बर्षे, तिन बर्षे, पञ्चबर्षिय र १० बर्र्षीय योजना बनाएर गुणात्मक शिक्षा प्रदान गर्ने दिशामा आफूहरु रहेको बताउनु भयो । यस्तै बुधबार पनि नतिजा प्रकाशन कार्यक्रम रहेको छ ।
बुधबार कक्षा २ देखि ९ सम्मको नतिजा प्रकाशन हुने छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक प्रस्तुति देखाएका थिए भने अभिभावकले पनि भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  ३ : १७ बजे