१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

महोत्सवमा हजारौं दर्शकको साथ, पशुपतिले सबैलाई यसरी नचाए



मायादेवी अनलाइन, वाणगंगा ।
सन्ध्याकालिन समयमा चहलपहल भै राती सम्म चल्ने छैठौं प्राचिन कपिलवस्तु महोत्सवमा दर्शकको सहभागीता उलेख्य रहेको छ । जिल्लामा फरक किसिमले सञ्चालन हुने यो महोत्सव रातीको समयमा सञ्चालन हुँदै आएको छ ।
महोत्सवको छैठौं संस्करण चलिरहदा अहिले महोत्सवमा दर्शकको खचाखच भिड रहेको छ । सोमबार मात्र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले हजारौं दर्शकलाई छमछमी नचाए । शर्मा आउने थाहा पाए पछि दर्शकहरु साँझ देखि नै महोत्सव अवलोकनका लागि ओर्लिएका थिए ।
राती ९ बजे मञ्चमा देखिएका गायक शर्माले झण्डै डेढ घण्टा प्रस्तुती दिए । क्याम्पस पढ्न आउने, झमझम दर्कियो पानी, लोरी हरायो, यसै त डल्ली नाच्छु हल्ली हल्ली लगायत आधा दर्शक गीत म्युजिकमा गाए । यसैगरी पछिल्लो समय चर्चाको कमाउन सफल लुट्न सके लुट कान्छा लुट्न सके लुट पनि उनले गाए । उनले यो गीत म्युजिक ट्याकमा नभई शब्दमा गाएका थियो ।
पशुपति शर्माको प्रस्तुती हेर्न मञ्चमा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य लगायत पुगेका थिए ।
शर्माले गीत गाउँदा प्रजिअ पोख्रेल ननाचे पनि सहायक प्रजिअ अर्याल र प्रमुख प्रशासकीय अधिकृत आचार्य छमिछमि नाचेका थिए ।
चैत ३० गते सम्म संचालन हुने महोत्सव सोचेभन्दा पनि राम्रो भएको महोत्सव मूल आयोजक समितिका संयोजक गयादीन कुर्मी दीपुले बताए । महोत्सव सोहाद्र पूर्ण वातावरणमा सञ्चालन भैरहेको संयोजक कुर्मीले जनाए । महोत्सवको शान्ति सुव्यवस्था मजबुत पार्नका लागि नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी खटाइएको छ भने दर्जनौको संख्यामा स्वयमसेवक परिचालन गरिएको उनले जनाए ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  १ : ०४ बजे