१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपालले इन्डोनेसियालाई २-१ ले हरायो



काठमाण्डौ ।
सन् २०२० मा हुने टोक्यो ओलम्पिक छनोट फुटबलको दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।मंगलबार भएको समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई(एकले हराएको छ ।
नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन् । इन्डोनेसियाले ४७ औं मिनेटमा एक गोल गरेको थियो ।
यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन(एक र भारतसँग पनि तीन(एकले पराजित भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  १२ : ४४ बजे