१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक छलफल सुरु



काठमाडौं ।
आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक वार्ता सुरु भएको छ। आन्दोलनको पाँचौँ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार दिउँसो वार्ता भएको हो। अनौपचारिक रूपमा भएको वार्तामा सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र कर्मचारी प्रशासनका प्रमुख जनार्दन गुरागाइसँग अनौपचारिक छलफल गरेका हुन्। यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने सरकारी चिकित्सक संघले यसअघि नै घोषणा गरिसकेको छ। यता सरकारले सरकारी चिकित्कहरूले सेवा वहिष्कार गर्दै राजीनामाको धम्की दिइरहे कारबाहीको चेतावनी दिएको छ। आफूहरूको माग पूरा नभए राजीनामा दिने घोषणा गरेको संघले हालसम्म ७ सय चिकित्सकहरूको राजीनामापत्र संकलन गरिसकेको संघका अध्यक्ष पाण्डेले बताएका छन्। स्वास्थ्य मन्त्रालयमा भएको अनौपचारिक छलफलमा कुरा नमिलेपछि सामान्य प्रशासन मन्त्रालयमा छलफलको तयारी भएको हो।

प्रकाशित मिति : २६ चैत्र २०७५ मंगलबार ००:००  १२ : ३८ बजे