काठमाडौं ।
सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको सेयरका लागि आवेदन खुला गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी आवेदन खुलाएको हो ।
रसुवास्थित १४ दशमलव ८ मेघावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेघावाटको सान्जेन जलविद्युत आयोजनामा सर्वसाधारणका लागि सेयर आदेवन खुला गरिएको हो ।
‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत दुई आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले जनताले तत्काल प्रतिफल पाउने भएकाले कामलाई प्राथमिकतामा राखेर अघि बढाएको बताएका थिए ।
१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन् । सरकारले जनताको स–साना पूँजी संकलन गरी जलविद्युत आयोजनाको काम गर्न यसअघि त्रिशुली ुबीु जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए ।
मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अर्ब २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अर्ब २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया