मायादेवी अनलाइन ।
केएल राहुल अविजित रहँदै ७१ रन बनाएपछि इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मंगलबार राति पञ्जाब विजयी भएको छ । पञ्वजाबले दोश्रो स्थानको हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । यो जितसंगै पञ्जाब अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १५० रनको मध्ययम स्कोर खडा गरेको थियो । १५१ रनको लक्ष्य पाएको पञ्जाबले अन्तिम ओभरको १ बल बाकी बाँकी छँदा जित हासिल गर्यो । ओपनर के एल राहुलले ५३ बलमा ७ चौका र १ छक्काको मद्धतमा ७१ रन बनाएका थिए । त्यस्तै महंक अग्रवालले अर्धशतकिय पारि खेले । उनले ५३ रन बनाए । पञ्जाबो लागि सामी, आश्विन रहमानले समान ३ विकेट लिए । हैदराबादको लागि डेभिड वार्नरले नट आउट ७० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले सो स्कोर बनाउन ६२ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै विजय शंकरले २६, नाबीले १२ तथा मनिश पाण्डेले १९ रन बनाए । हिजोको हारसंगै हैदराबाले शीर्ष स्थानमा पुग्ने मोका गुमाएको छ ।
यसैबीच आज महत्वपूर्ण खेल हुँदै छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्स र दोश्रो स्थानको चेन्नई सुपर किंग्स भिँड्ने छन् । यो खेललाई निकै महत्वपूर्ण मानिएको छ । आज चेन्नइको लागि कोलकाताका आन्द्रे रसललाई रोक्न चुनौति हुने छ । उनी जारी आइपिएलका सबैभन्दा विष्फोटक ब्याट्समेन हुन् । कोलकाताका हेरेक खेललाई नाटकीय जित दिलाउन उनको मूमिका महत्वपूर्ण छ । समान ५ खेल खेलेर समान ४ मा जित र एकएक हार भोगेका दुवैको आठआठ अंक छ । नेट रनरेटमा कोलकाता अगाडी छ । यस्तै तेश्रो स्थानमा पञ्जाब, चौथेमा हैदराबाद र पाँचौमा मुम्बई, छैठौँमा दिल्ली, सातौँमा राजस्तान र जितविहिन बैङलोर पुछारमा छन् ।
प्रतिक्रिया