शिवलाल सुवेदी, गुल्मी ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ८ नुवाकोट लात्तेमाज जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेका छ । मृत्यु हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका १२ डिर्भनाका ४ वर्षका प्रिन्स श्रेष्ठ र सन्धिखर्क १२ कै वर्ष ३० कि बिष्णुमाया श्रेष्ठको मृत्यू भएको छ । बिष्णुमाया श्रेष्ठ र प्रीन्स श्रेष्ठ आमा छोरा हुन् भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । लु १ ज १२२९ नम्बरको जिप सोमवार दिउसो दुर्घटना भएको हो ।
प्रतिक्रिया