मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको महोत्सवको रौनक बढिरहेको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष धेरै स्टलहरु रहेको र यस पटक दर्शकहरुको चाप पनि बढि रहेको आयोजकले दावी गरेको छ ।
सम्भवतः नेपालमै एक मात्र त्यस्तो महोत्सव प्राचिन कपिलवस्तु महोत्सव सञ्चालनको विगत सोमबार (आज) ८ औ दिन बहुचर्चित लोक गायक पशुपती शर्माको विशेष प्रस्तुती रहने छ । साँझ ७ बजे बाट सूरु हुने उत्त प्रस्तुतीको लागि कपिलवस्तु जिल्ला लगायत छिमेकी जिल्ला रुपन्देही र अर्घाखाँचीवाट समेत शर्माको प्रस्तुती हेर्नको लागि दर्शकहरुले सम्र्पक गरेर आएको सांस्कृतिक संयोजक अजुर्न चापागाइले बताए ।
मेलामा कुस्तीको खेल हुँदा स्थानीय दर्शकहरुको उत्साह बढेर आएको थियो । रातिको समयमा मेला संचालनमा आएको हुँदा दिनभर घर तथा कार्यालयको काम सकेर फुर्सदको समयमा मेला हेर्न पाएको हुँदा तौलिहवा लगायत जिल्लाका अधिकांश स्थानका दर्शकहरुको आर्कषण बढेको महोत्सवका संयोजक गयादिन कुर्मीले बताए ।
प्राचीन कपिलवस्तुको पहिचान र प्रर्वद्धनका लागि यस महोत्सवमा हाल सम्म पचास लाख कारोबार र असी हजार जना दर्शककले अवलोकन गरेको कोषाध्यक्ष संन्दिप श्रीवास्तले बताए ।
२५ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया