१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु, १६ घाइते (पहिचान सहित)



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् । सन्धिखर्कबाट प्युठान जाँदै गरेको लु १ ज १२२९ नम्बरको जिप सडकबाट करिव २ सय २५ मिटर तल खसी दुर्घटना हुँदा प्युठान जिल्ला ऐरावती गाँउपालिका २ का ५० बर्षिय धन बहादुर राना, सोही नगरपालिकाका १४ बर्षीय मनिका आचार्य र सन्धिखर्क नगरपालिका १२ का ४ बर्षीय प्रिन्स श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते १६ जना मध्ये १५ जनालाई थप उपचारका लागि अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । घाइते १ जना जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार पछि घर फर्किएका छन् । सन्धिखर्कबाट १९ जना यात्रु बोकेर प्युठान तर्फ जाँदै गरेको जिपको उकालो सडकमा एक्कासी ब्रेकफेल भै दुर्घटना भएको अर्घाखाँची भुमिकास्थान नगरपालिका ६ का घाइते जिप चालक श्याम बहादुर घर्तिले बताए ।
घाइते हुनेहरूमा अर्घाखाँची भुमिकास्थान ३ का २३ बर्षीय संगिता घर्ती, भुमिकास्थान ५ का २३ बर्षीय जीवन राना, भुमिकास्थान ७ का २५ बर्षीय शिव रायमाझी, सन्धिखर्क १२ का ३० बर्षीय बिष्णुमाया श्रेष्ठ, भुमिकास्थान ६ का ५२ बर्षीय भारती थापा, मालारानी ५ का १४ बर्षीय सन्ध्या भुसाल रहेको प्रहरीले जनाएको छ ।
यसै गरी भुमिकास्थान ८ का हिरा बिक, भुमिकास्थान ७ का ५२ बर्षीय ज्ञानु थापा, प्युठान ऐरावती ५ का ५ बर्षीय डेबिट बिक्रम शाही, भुमिकास्थान ५ का ३५ बर्षीय मिना बन्जाडे, प्युठान ऐरावती ५ का २३ बर्षीय सोनु साही, रोल्पा जिल्ला सुनखानी ५ का २४ बर्षीय निर्मला घर्तिमगर, सोही ठाउँका रेग बहादुर घर्तिमगर, अर्घाखाँची सन्धिखर्क १२ का १७ बर्षीय राजेश नेपाली र भुमिकास्थान ८ का ५५ बर्षीय भुमादेवी आचार्य रहनु भएको छ । दुर्घटना भएको जानकारी पाउना साथ जिल्ला प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेर उद्दार गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  १ : ३८ बजे