शिवलाल सुवेदी, गुल्मी ।
सदरमुकाम सन्धिखर्क स्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउतफ जादै गरेको यात्रु बाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुदा घटनास्थलमै तीन जनाको निधन भएको छ । लु १ ज १२२९ नम्बरको जिप दिउसो २ बजोतिर भूमिकास्थान नगरपालिका–८ नुवाकोटको लात्तेबाझ उकालोमा उक्लदै गर्दा ब्रेक फेल भएर सडकबाट तल खस्दा प्युठान ऐरावती गाउपालिका–२ बस्ने वर्ष ५० का धनबहादुर राना र ऐरावती बस्ने वर्ष १४ का मनिका आचार्यको घटनास्थलमै ज्यान गएको र अन्दाजी ६ वर्षीय बालकको सन्धिखर्क अस्पतालमा निधन भएको प्रहरी निरीक्षक गंभिरजंग थापाले बताए । बालककोे परिचय खुलेको छैन ।
१४ सिट सवार जिपमा १८ जना यात्रु थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सन्धिखर्कमै उपचार भैरहेको छ प्रहरीले जनाएको छ ।
२५ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया