१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

संविधान विपरित गतिविधि भएकाले विप्लवलाई प्रतिबन्धः मन्त्री खनाल



दीपा महत, वाणगंगा ।
संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खानाल बलदेवले देशभित्र सशस्त्र युद्ध आट्ने जो कसैलाई पनि सरकारले कार्रबाही गर्ने बताउनुभएको छ । कपिलवस्तुको वाणगंगामा सोमबार प्रेस संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले संविधानको विरुद्धमा जान खोज्ने जो कसैलाई पनि सरकारले कार्रबाही गर्ने प्रष्ट पार्नुभयो । विप्लव नेतृत्वको नेकपा प्रति सरकारले लगाएको प्रतिबन्धबारे स्पष्ट पार्दै उहाँले यस्तो बताउनुभएको हो ।
विप्लवको पार्टी संविधान विपरित गएर सशस्त्र युद्धको क्रियाकलाप देखाउन खोजेकै कारण सरकारले प्रतिबन्ध लगाउन बाध्य भएको प्रष्ट पार्नुभयो । सरकार भावनाका कुरामा नचल्ने भन्दै विप्लवको पछिल्लो गतिविधि ढिक नभएको तर्क गर्नुभयो ।
पूर्व माओवादीका कमाण्डर समेत रहनुभएका मन्त्री खनालले विप्लव संग कुनै समय संगै राजनीति गरेपनि अहिले उनले लिएको बाटो सही नभएको दाबी गर्नुभयो । “कसले कस्तो राजनीति प्रणाली अपनाउछ त्यो उसैको कुरा हो मन्त्री खनाले भन्नुभयो, तर विप्लवहरुले अहिले लिएको राजनीति ठिक बाटोमा छैन ।”
देशमा राजनीति गर्ने छुट सबैलाई भएपनि सशस्त्र युद्ध गर्ने छुट कसैलाई नभएको उहाँले प्रष्टाउनुभयो । “विप्लवहरुलाई राजनीति गर्नका लागि सरकारले प्रतिबन्द्ध त लगाएको छैन नि तर, उहाँहरुले लिएको सशस्त्र युद्धको क्रियाकलापमा हो, जुन हाम्रो संविधानतह छैन् त्यसैले प्रतिबन्ध लगाएका हौं ।”
पूर्व सहकर्मी विप्लवहरुलाई तपाईहरुले नै प्रतिबन्ध किन लगाएको भन्ने पत्रकारको प्रश्नमा जवाफ दिदै मन्त्री खनालले राजनीतिमा बुवाआमा, साथीसंगी कोही नहुने बताउनुभयो । “सरकार भनेको देशको प्रमुख अभिभावक हो, हिजो विहानका साथी भनेर हुन् भनेर अहिले जे पायो त्यहि गर्ने छुट कसैलाई छैन् ।”
विप्लवको क्रियाकलाप गलत भएको भन्दै उहाँले वार्तामा बसेर उचित निकास निकाल्न आग्रह गर्नुभयो । सरकार उहाँहरु संग जुनसुकै बेला वार्ता गर्न तयार छ उहाँले भन्नुभयो, “आफ्नो हठ त्यागेर वार्तामा आउनुस ।”

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  ७ : ५१ बजे