चितवन ।
बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक छेउमा रोकिराखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल आईतवार राति साढे ८ बजे ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार भुजेल र चालक तनुहुको देवघाट गाउँपालिका–५ का ४० वर्षीय महेश्वर कँडेल गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार घाइते भुजेलको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राति १० बजे मृत्यु भएको हो। भुजेलको शव पोसमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। मोटरसाइकल चालक कँडेलको उपचार भइरहेको छ।
२५ चैत्र २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया