मायादेवी अनलाइन, वाणगंगा ।
कृषि पशुपंक्षि तथा प्रविधि विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलवस्तुको विकास ढाँचा दीर्घकालिन तवरले गर्नुपर्ने बताउनु भएको छ । मुलुक तीव्र विकासको क्रममा रहेका कारण जिल्लाको विकास पनि अब साँघुरो ढाँचाबाट नभई फराकिलो सोचबाट गर्नुपर्ने मन्त्री खनालको भनाई रहेको छ । बाणगंगाा नगरपालिकाले आइतबार जितपुरमा आयोजना गरेको नगरपालिकाको सर्वाङगिण विकासको लागि सर्वपक्षीय छलफल कार्यक्रमलाई सबेधन गर्दै मन्त्री खनालले जिल्लामा थुप्रै ठुला आयोजना सम्पन्न हुन लागेको भन्दै अबको केही बर्षमा जिल्लाले अप्रत्यसित फड्को मार्ने बताउनु भयो ।
बाणगंगाा नगरपालिकाले प्रस्तुत गरेको गौरवका आयोजना समयानुकुल भए पनि यसलाई सुझाव र सल्लाहा अनुसार परिमार्जन गर्नुपर्ने बताउनु भयो । मन्त्री खनालले नगरपालिकाको सन्दर्भमा धारणा राख्दै भन्नु भएको छ – यो देशभरीकै गिनेचुनेको नगरपालिका भित्र पर्दछ। यो सामान्य होइन । कपिलवस्तु जस्तो पिछडिएको जिल्लामा देशकै गिनेचुनेको नगरपालिका हुनु नगरबासीको लागि सुखद हो ।
मन्त्री खनालले कपिलवस्तुको विकासको लागि संघिय सरकारले बिभिन्न योजना बनाएर काम गरिरहेको बताउनु भयो । कपिलवस्तुको विकासको लागि अहिले आफूसंग १३ वटा महत्वकांक्षी योजना भएको सुनाउनुभयो ।
मन्त्री खनालले जिल्लालाई पर्यटकीय रुपमा अगाडी बढाउनको लागि चाकलचौडा–लोमानथाङ सडक विस्तार महत्वपूर्ण भएको हुँदा अबको ५ बर्षभित्र त्यसको काम गरिसक्ने उद्घोष गर्नु भयो ।
यसैगरी प्रदेश ५ का सांसद विष्णु पन्थीले धेरै योजनाहरु पाइपलाइनमा रहेका हुनाले अब अधुरा योजना पुरा गरेर नगरभित्र भएका योजना स्तरनोन्नती गरेर जानुपर्ने बताउनु भयो । बाणगंगाा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीरा मरासिनीले चौथो नगरसभाबाट प्राथमिकतामा परेका योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
नगरले पेश गरेका योजनाहरु माथि यस क्षेत्रका बिभिन्न राजनैतिक दल, समाजसेवी, संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायतले सुझाव सल्लाहा प्रदान गर्नु भएको थियो । महत्वकांक्षी योजनाहरु देख्दा सुन्दर लागे पनि जनताको आर्थिक स्तर सुधार्ने, रोजगारी सिर्जना गर्ने, नगरका भूमिहिन र दलितबर्गको उत्थानको लागि आउनु पर्ने कुरा छुटेको हुनाले त्यसलाई पनि प्राथमिकता दिन सहभागीले सुझाव दिएका छन् ।
नगर उपप्रमुख चक्र अर्यालको स्वागत र शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपाने, विमला गैरै, संविधान सभा सदस्य बलराम अधिकारी, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया