९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सेती नदीमा बगेर बेपत्ता भएका प्राविधिकको शव फेला पर्‍यो



डोटी ।
एक हप्ताअघि डोटीको सेती नदीमा बगेर बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको शव आइतबार फेला परेको छ । ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा सेती हाईड्रो पावरमा कार्यरत ओली बगेर बेपत्ता हुनु भएको थियो ।

सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले उहाँको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले बताउनुभयो । बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हो ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी आउनु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ९ : १६ बजे