तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको टक पल्टिएर दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जादै गरेको लु १ क ८०० नम्वरको टक मध्यान्ह १२ बजे मंगलापुरचोकमा एक्कासी पल्टिदा दुर्घटना भएको हो । बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको टक चालकले बताएका छन । टकमा २सय ३० वटा ग्यास सिलिण्डर थिए । सबै सिलिण्डर सडकमा छरिएका छन । टक पल्टिदा २ वटा रेलिगं भाचिएका छन ।
ग्यास सडकमा छरिएपनि बिष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया