दाङ ।
यात्रुले भरिएको बस दुर्घटना भएपनि ठूलो क्षति हुन बाट जोगिएको छ । बुटवलबाट महेन्द्रनगर जाँदै गरेको लु १ ख ८६३० नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ जखेरा चोक नजिकै दुर्घटनामा परेको थियो । बसको पट्टा भाच्चिँदाअनियन्त्रित भएर दुर्घटनामा परेको हो । राजमार्ग देखि १० मिटर तल खसेको छ ।
‘झण्डै नहरमा बस खसेन । त्यहाँ खसेको भए ठूलो क्षति हुने थियो । बस चालकले बसलाइ कम क्षति हुनेगरी अर्को दिसातर्फ सोझाए’ बसमा सवार यात्रु यज्ञदेव पन्थीले भने, ‘बसमा म मेरी श्रीमती र भाइको सानो छोरी थियौँ । बसभरी मानिस थिए । एक्कासी बस राजमार्ग छोडेर तल तर्फ लाग्यो । अब बाँचिदैन भन्ने लागेको थियो । धन्न ठूलो क्षति भएन । मलाई भन्दा बढि मेरो श्रीमतीलाई चोट छ ।’
बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन । तीन जना गम्भीर छन् । सामान्य घाइतेहरु लमही अस्पतालमा प्राथमिक उपचार पछि डिस्चार्ज भएका छन । गम्भीर घाइतेलाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ ।
बसको पट्टा भाच्चिँदा दुर्घटना भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले बताए ।‘बसको पट्टा भाच्चिँदाअनियन्त्रित भई पल्टिएको छ’, उनले भने, ‘दुर्घटनास्थल हेर्दा ठूलो क्षति हुन बाट जोगिएको पाइयो ।’
२४ चैत्र २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया