९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आमाले पबजी नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या



एजेन्सी ।
भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीको लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।
१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको आफ्नै घरमा रहेको ’सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ७ : ३७ बजे