९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

चेन्नईद्धारा पन्जाब २२ रनले पराजित



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा किङ्स (११ पन्जाबलाई २२ रनले पाराजित गर्दै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईको घरेलु मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन पुरा गरेको थियो ।

जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउदै मात्र १ सय ३८ रन बनाउन सक्यो । पन्जाबका लागि सर्फराज खानले सर्वा्धिक ६७ रनको योगदान गरे । ६९ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक बनाएका हुन् । त्यस्तै केएल राउलले ५५ रन बनाउदा बाँकि ब्याट्म्यानहरुले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ चेन्नईका हरभजन सिंह र स्कटले समान दुई दुई विकेट लिए । त्यस्तै दीपक चहार एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निध्र्रा्रित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । ३८ बल खेलेका उनले २ चौका र ४ छक्काको सहयोगमा ५४ रन पूरा गरे । त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले ३७ रन बनाउँदा शेन वाट्सनले २६ रन जोड्न सफल भए ।

चेन्नईका लागि सुरेश रैनाले १७ रनको योगदान गर्दा अम्बाटी रायुडुले २१ रनको जोडे । बलिङतर्फ पन्जाबका लागि रविचन्द्रन अश्विनले सर्वा्धिक तीन विकेट लिए ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ३ : ०८ बजे