अराज बेल्बासे, चन्द्रौटा ।
जातिय विभेद र छुवाछुतको अन्त्यको लागि महाकाली मेची पदयात्रामा रहेको अभियान्तलाई कपिलबस्तुको शिबराज नगरपालिकामा स्वागत गर्दै बृक्षारोपण तथा सामुहिक सहभोज गरिएको छ ।
२० दिन अगाडि सुदुर पश्चिमको महाकालीबाट पदयात्रामा निस्किएको अशोक दर्लान होमराज आचार्य र रिता परियारको टोली पदयात्रा गर्दै आएको अबसरमा शिबराज नगरपालिकाका दलित अगुवा तथा स्थानियको सहभागितामा स्वागत गरिएको थियो ।
अभियान्ताहरु तथा स्थानियको सहभागितामा विभेद अन्त्य गरौ लगायतका नारा सहित सडकमा लेखन गरिएको थियो भने आज शिबराज नगरपालिकाको दुर्गा मन्दिर परिसरमा वृक्षा रोपण गरिएको छ ।
यस्तै बिभिन्न संघ सस्थाका प्रतिनिधी जनप्रतिनिधी पत्रकार समाजसेवी नागरिक अगुवाको सहभागितामा सामुहिक सहभोग गरिएको छ । कार्यक्रममा बोल्दै पदयात्राका अभियान्ता होमराज आचार्यले सहभोगले शिबराज नगरपालिकामा रहेका रहेका मानिसमा भेदभावको अन्त्य रहेको सन्देश दिएको बताउनुभयो ।
आफुले छुवाछुत गर्दैन तर अरुले के गर्छ भन्ने मतलव नगर्ने मानिस छुवाछुत बिभेद गर्नेहरुको साक्षी रहेकोले अरुलाइ समेत निरुत्साहित गर्नुपर्ने आचार्यले बताउनुभयो । अभियानमा शिबराज नगरपालिकाका अगुवा मिना परियार बेगम गन्धर्व, सञ्जिव गहतराज लगायतका अभियान्नताहरुको सहभागिता रहेको थियो ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया