मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको दोस्रो मेयर कप फुटवल शनिबार देखि सुरु भएको छ । बुद्धरंगशाला चारनम्बर जितपुरमा आयोजना भएको मेयर कपको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभयो ।
प्रतियोगीताको उद्घाटनसस्त्रमा वडा नं. ६ र ८ भिडेका थिए । जसमा वडा नं. ८ ले सानदार जित निकालेको छ । उसले वडा नं. ६ लाई ५ गोल अन्तरले हराएको हो । आजको खेलको म्यान अफ दी म्याच वडा नं. ८ का खलाडी श्याम थारु भएका छन् ।
प्रतियोगीता नगरमा ११ वटै वडाको सहभागीता रहेको छ । प्रतियोगीताको विजेता टिमले ८० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले नगद ५५ हजार, तेस्रो र चौथो हुने टिमले २०÷२० हजार प्राप्त गर्नेछन् ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया