मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको दोस्रो मेयर कप फुटवल शनिबार देखि सुरु भएको छ । बुद्धरंगशाला चारनम्बर जितपुरमा आयोजना भएको मेयर कपको प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभयो । खेल उद्घाटन गर्दै सांसद पन्थीले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगीताले युवाको भविष्यलाई निर्धारण गर्ने बताउनुभयो ।
फुलवल विश्वको प्रख्यात खेल भएकोले वाणगंगाका खेलाडी उत्पादन गर्न मेयर कपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । वाणगंगा सबै हिसाबले अगाडि रहेको भन्दै अब खेलकुदको क्षेत्रमा पनि राष्ट्यि देखि अन्तराष्ट्यि स्तर सम्म नगरलाई परिचित गराउनुपर्नेमा जोड दिनुभयो । नगरका फुटवल खेलाडीका लागि यो प्रतियोगीता महत्वपूर्ण अवसर रहेको भन्दै सांसद पन्थीले यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले गत बर्षको भन्दा यस बर्षको प्रतियोगीता उत्कृष्ट रहेको बताउनुभयो । नगरका खेलाडी उत्पादन गर्नका मेयर कप आयोजना गरिएको बताउनुभयो । प्रतियोगीताले राम्रा फुटवल खेलाडी उत्पादन गरी देश तथा विदेश सम्म चनाउनेमा आफुले विश्वास लिएको उहाँले बताउनुभयो ।
नगरका उपप्रमुख चक्रपाणि अर्यालले खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गर्नुभयो । प्रतियोगीतामा हारजित स्वभाविक रहेको भन्दै उपप्रमुख अर्यालले यसबाट धेरै कुरा सिक्न आग्रह गर्नुभयो ।
प्रतियोगीता वडा नं. ५ का वडा अध्यक्ष तथा नगरका सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको सञ्चानलमा भएको हो ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया