२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बारा र पर्साको हावाहुरीः ‘टोर्नाडो’ भएको पुष्टि



काठमाडौँ ।
बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि अचानक आएको हावाहुरी साधारण नभई टोर्नाडो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रारम्भिक अध्ययनबाट गएको आइतबार बेलुकाको मौसमी प्रणाली साधारण हावाहुरी नभई टोर्नाडो रहेको मौसम विभागका महानिर्देशक सर्जु वैद्यलजानकारी दिएका छन् । महानिर्देशक वैद्यले भने, ‘प्रारम्भिक अनुसन्धानले आइतबारको मौसमी प्रणाली टोर्नाडो रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको संयुक्त अध्ययनबाट यो तथ्य पत्ता लागेको हो ।’
वैज्ञानिकको संयुक्त टोलीले सेन्टिनिल भू उपग्रहबाट प्राप्त उच्च रिजोलुसनसहितका तस्बिरको अध्ययन गरेको विभागले जनाएको छ । ती तस्बिरमा टोर्नाडोकाको मार्गका साथै भएको क्षतिको मार्ग पनि देखिएको महानिर्देशक वैद्यले बताएका छन् ।
यस्तै घटनापछिका तस्बिर र भिडियोहरुको विश्लेषणबाट पनि उक्त विनाशाकारी आँधी टोर्नाडो नै रहेको पुष्टि भएको उनले बताएका छन् ।
यो भन्दाअघि नेपालमा टोर्नाडो आएको तथ्य वा आंँकडा मौसम विभागसँग नरहेकाले यो नै पहिलो टोर्नाडो रहेको महानिर्देशक वैद्यले बताएका छन् ।
मौसम विज्ञान विभागले भनेको छ, ‘यस्ता प्रकारका अति विमाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिकसहितको स्थलगत अनुसन्धानको खाँचो रहेको छ ताकि भविष्यमा यस्ता प्रकारका घटनाको पूर्व सूचना प्रवाह गरि उपयुक्त सतर्कता अपनाउन पुगोस् ।’

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ७ : ४३ बजे