काठमाडौं ।
आईसीसी यु(१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको बिदाई गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी मलेसिया जाने युवा टोलीको बिदाई गरिएको हो । राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली आज १ बजेर २५ मिनेटमा मलेसिया प्रस्थान गर्नेछ ।
मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिसकिएको छ ।
१४ सदस्यीय टोलीमा कप्तान पौडेलसहित अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सुर्य तामाङ छन् ।
त्यस्तै, वैकल्पिक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । टिम व्यवस्थापकमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन् ।
नेपालले छनोटको पहिलो खेल सिङ्गापुरसँग अप्रिल १२ मा खेल्ने तालिका छ भने दोस्रो खेल युएईसँग अप्रिल १३ मा खेल्नेछ ।
यस्तै, अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले चौथो खेलमा ओमानसँग अप्रिल १६ मा खेल्नेछ । त्यस्तै, प्रतियोगिताको अन्तिम खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ । छनोटको विजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्नेछ ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया