९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम खराबीका कारण प्रधानमन्त्री ओलीको सुनसरी भ्रमण रद्द



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरी भ्रमण रद्द भएको छ । मौसम खराबीका कारण चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा जाने कार्यक्रम रद्द गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धा्रित कार्यक्रम रद्द गरिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रद्दपछि उनले आफ्नो लिखित सम्बोधन पठाएको अधिकारीले बताए। प्रधानमन्त्री अनुपस्थित रहने भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट मेलाको उद्घाटन गराउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५ शनिबार ००:००  ७ : ०२ बजे