मायादेवी अनलाइन ।
आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलोरले लगातार पाँचौ हार भोगेको छ । गयराति कोलाता नाइट राइडर्ससंग ५ विकेटले पराजित भएसंगै बैङलोरको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैङलोरले २०५ रनको उच्च योगफल तयार पारे पनि कोलकाताका विष्फोटक ब्याट्समेन आन्द्रे रसलले १३ बलमा ४८ रन प्रहार गरेपछि बैङलोरले जितेको म्याच अन्तिम २ ओभरमा गुमाउन बाध्य भयो । रसेलले ७ छक्का र १ चौका प्रहार गरेका थिए । अन्तिम ओभरको ५ बल बाँकी रहँदा कोलकाताले जित निश्चित गर्यो । जितसंगै कोलकाता अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तिन खेलमा जित निकालेको उसको ६ अंक छ । पराजित बैङलोरले भने अंक तालिकामा एक अंक पनि बटुल्न सकेको छैन । हिजो कप्तान विराट कोहलीले ८३ तथा एविडिभिलियर्सले ६३ रन बनाए पनि हार टारेनन् । प्रतिायेगितामा आज पनि २ महत्वपूर्ण खेल हुँदै छन् । आजको पहिलो खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको चेन्नइ र तेश्रो स्थानको पञ्जाब तथा साँझ मुम्बई र हैदराबाद भीँड्ने छन् ।
२३ चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया