९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मायादेवी गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा



मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित मायादेवी गाउँपालिका खुल्ला दिसा मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकालाई शुक्रबार एक भव्य समारोहका बीच शहरी विकास मन्त्री इस्तियाक राईले खुल्ला दिसा मुक्त घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री राइले कपिलवस्तुको विकासका लागि संघिय सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुनु राम्रो कुरा भएको भन्दै आगामी दिनमा पूर्ण सरसफाई गराउन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
मायादेवी गाउपालिकाका अध्यरुक्ष बजरंगी प्रसाद कुर्मीले दिगो विकासको लागि सबै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
मायादेवी गाउँपालिका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यकक्रम दोस्रो चरण पकडी, कपिलवस्तुको सहयोगमा संचालित खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत मायादेवी गाउँपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा भएको हो ।
मायादेवी गाउँपालिकामा रहेका कुल ८ वटा वडा मध्ये ७ वटा वडा अभिराव, फुलिका, पिपरा, बलुहवा, डुमरा, हरनामपुर र बिजुवा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेका छन भने बाँकी रहेको मायादेवी गाउँपालिका वडा नं. १ पकडी शुक्रबार मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।
जिल्लाका १० वटा स्थानीयतह मध्ये ३ वटा स्थानीय तह बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिका यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सकेका छन भने मायादेवी गाउँपालिका चौथो स्थानमा परेको छ । कार्यक्रमको अवसरमा सरसफाई अभियानमा लाग्ने अभियानकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

Image may contain: 13 people, people smiling, people sitting and outdoorImage may contain: 15 people, people smiling, crowd and outdoor

प्रकाशित मिति : २२ चैत्र २०७५ शुक्रबार ००:००  २ : २१ बजे