२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा दुईजनाको मृत्यु



ललितपुर ।
सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शुक्रबार बिहान दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ४४ बजे