एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स पराजित भएको छ । सनराइजर्स हैदरावादले तेस्रो जित निकाल्दै नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।
बिहिबार फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको १३० रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो । हैदरावादको जितका लागि जोनी बेर्सस्टोले २८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ४८ रन बनाए ।
यस्तै मोहमद नाबीले अविजित १७ तथा विजय शंकरले १६ रन बनाए । डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०-१० रन बनाए ।
दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले समान एक-एक विकेट लिए । हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वा्धिक ४३ रन जोडे । यस्तै दिल्लीका लागि अक्षर पटेलले अविजित २३ रन जोड्दा क्रिस मोरिसले १७ रन जोडे । शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शले ११ रन जोडे ।
हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले २-२ विकेट लिए । जितसंगै हैदरावादले ४ खेलमा ३ जितसहित ६ अंक जोडेर अंक तालिकाको हैदरावाद शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको यो लगातार दोस्रो जित र समग्रमा तेस्रो हार हो । पाँच खेलमा २ जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौ स्थानमा छ ।
प्रतिक्रिया