२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

शुक्रबार वाणगंगा नगरपालिकाको चौथो नगरसभा हुँदै



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा नगरपालिकाको चौथो नगरसभा शुक्रबार हुँदैछ । नगरपालिकाको वडा नं. २ पिपरामा अवस्थित हिल्वर्ट इंग्लिस बोर्डिङ स्कूलको सभाहलमा हुने नगरसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।

विहान ८ बजे उद्घाटन हुने नगरसभाको सबै तयारी पूरा भएको नगरका प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

नगरसभाबाट विभिन्न ऐन कानुन पारित गर्ने तयारी छ । विशेष गरी हिउँदे अधिवेशनमा विभिन्न ऐन कानुन निर्माण गरिन्छ । बर्खे अधिवेशनमा नयाँ आर्थिक बर्षका लागि बजेट विनियोजन गर्ने गरिए पनि हिउँदे अधिवेशनमा ऐन कानुन निर्माण गरिने गरिएको हो ।

मुलुक संघीयतामा प्रवेश गरे संगै स्थानीय सरकारले पनि बर्षेको दुई पटक नगरसभा आयोजना गर्ने गरेका छन् । जिल्लाका १० स्थानीय तह अधिकांश स्थानीय तहले हिउँदे अधिवेशन सम्पन्न गरि सकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  १ : ३० बजे